धनगढी। नेकपा एमालेले सुदूरपश्चिमका ६३ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ। बिहीबारसम्म प्रदेशका कूल ८८ मध्ये ६३ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ ।
कैलाली,कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी र दार्चुलाका कतीपय स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो। यस्तै बझाङमा स्थानीय तहमा अधिवेशन सम्पन्न, केही पालीकामा अधिवेशन चलिरहेको छ भने केहीमा अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ।
कैलाली-कैलालीका १३ वटा स्थानीय तह मध्ये ७ वटामा अधिवेशन सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिकासहित ७ स्थानीय तहमा सहमतिका आधारमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको जिल्ला सहइन्चार्ज लीला भण्डारीले बताए। धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी, उपाध्यक्षमा जगदीश चौधरी र सचिवमा प्रेम महरा चयन भएका छन् ।गौरीगंगा नगरपालिकाको अध्यक्षमा शान्ति सिंह, उपाध्यक्षमा पदम ऐर र सचिवमा अमर छन्त्याल,चुरे गाउँपालिकाको मा चक्र बोगटी,उपाध्यक्षमा दीपा साउद र सचिवमा हर्क धामी, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा मधुकर सिजापति, सचिवमा देवेन्द्र शाही चयन भएका छन् भने उपाध्यक्षमा सहमति जुट्न सकेको छैन ।यस्तै कैलारी गाउँपालिकामा अनुपा चौधरी, उपाध्यक्षमा हर्कबहादुर परियार र सचिवमा गणेश चौधरी, जानकी गाउँपालिकामा खगेन्द्र भण्डारी, उपाध्यक्षमा हर्कबहादुर परियार र सचिवमा गणेश चौधरी, र जोशीपुर गाउँपालिकामा केशरबहादुर डगौरा अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा शेरबहादुर मौनी र सचिवमा यम जोशी चयन भएको भण्डारीले जानकारी दिइन् ।मोहन्याल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहितका पदाधिकारीमा सहमति जुटेपनि सचिवमा आकांक्षी धेरै हुँदा नटुङ्गिएकाले घोषणा हुन बाँकी छ । गोदावरी नगरपालिकाको बन्दसत्र २२ गते राखिएको छ भने अन्य स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयनको प्रयास भइरहेको एमालेले जनाएको छ।
कञ्चनपुर- यस्तै उता ९ स्थानीय तह रहेको कञ्चनपुरमा ४ वटामा मात्र एमालेको अधिवेशन सकिएको छ। शुक्लाफाँटा नगरपालिकाको अध्यक्षमा भक्तराज जोशी, उपाध्यक्षमा काशीसिंह महरा र सचिवमा देवदत्त भट्ट, पुनर्वास नगरपालिकाको अध्यक्षमा पदम पुजारा, उपाध्यक्षमा खडक बिक र सचिवमा काशी बोहरा, बेलौरी नगरपालिकाको अध्यक्षमा बाबुराम न्यौपाने, उपाध्यक्षमा महेश्वरी खत्री र सचिवमा लोकेन्द्र जोशी तथा लालझडी गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश राना र सचिवमा निर्मल राना सर्वसम्मत भएका छन् । भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र बेल्डाँडी गाउँपालिकामा अधिवेशन जारी छ भने दोधाराचाँ दनी र कृष्णपुर नगरपालिकामा अधिवेशनको उद्घाटन बन्दसत्र तिहारपछि गर्नेगरी स्थगित गरिएको एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले बताए।
बैतडी- बैतडीका सबै १० वटै स्थानीय तहमा अधिवेशन सकिएको छ । नेकपा एमाले बैतडीका सचिव लिलाधर भट्टले प्रथम अधिवेशनबाट १० वटै स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरिएको जानकारी दिए । दशरथचन्द नगरपालिकाको अध्यक्षमा अजबबहादुर पाण्डे, उपाध्यक्षमा नारायण भट्ट र सचिवमा कल्पना रानाक्षेत्री निर्विरोध चयन भएका छन् । पाटन नगरपालिकाको अध्यक्षमा ललित ठगुन्ना, उपाध्यक्षमा मदन भट्ट र सचिवमा धर्मराज भट्ट, पुर्चौडी नगरपालिकाको अध्यक्षमा कर्णबहादुर धामी, उपाध्यक्षमा बिर्खलाल पन्त र सचिवमा दिलबहादुर धानुक, मेलौली नगरपालिकाको अध्यक्षमा राजबहादुर चन्द, उपाध्यक्षमा बिजु नायक र सचिवमा गोरखबहादुर चन्द सर्वसम्मत भएको भट्टले बताए। दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा काशीसिंह विष्ट, उपाध्यक्षमा हेमा कपाडी र सचिवमा कालुराम सार्की, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा प्रकाश चन्द, उपाध्यक्षमा रामसिंह पुजारा र सचिवमा कृष्ण पेला, शिवनाथ गाउँपालिकाको अध्यक्षमा महेन्द्रबहादुर चन्द, उपाध्यक्षमा सुरेन्द्र सावद र सचिवमा मनोज ठकुराठी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रघुवीर बोहरा, उपाध्यक्ष हिक्मत धामी र सचिवमा वीरबहादुर माल, सुर्नया गाउँपालिकाको अध्यक्षमा राजेन्द्र भट्ट, उपाध्यक्षमा लालबहादुर पाण्डे र सचिवमा आनन्द बोहरा तथा सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह धामी, उपाध्यक्षमा सूर्यबहादुर बोहरा र सचिवमा जसविर बोहरा चयन भएको भट्टले जानकारी दिए ।
डोटी-डोटीका ९ मध्ये ७ वटा स्थानीय तहमा एमालेले अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष चक्र मल्लले केआईसिंह र पूर्वीचौकी गाउँपालिका बाहेक सबै स्थानीय तहमा अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए । दिपायल सिलगढी नगरपालिकाको अध्यक्षमा कर्णबहादुर विष्ट, शिखर नगरपालिकाको अध्यक्षमा भीम बलायर, आदर्श गाउँपालिकाको अध्यक्षमा गोविन्द पार्की, सायल गाउँपालिकाको अध्यक्षमा केशवराज उपाध्याय, वडीकेदार गाउँपालिकाको अध्यक्षमा प्रकाश धामी, जोरायल गाउँपालिकाको अध्यक्षमा तीर्थ भण्डारी र बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा खेम घर्ती मगर चयन भएका छन् । केआईसिंह गाउँपालिकामा अधिवेशन जारी छ भने पूर्वीचौकी गाउँपालिकामा सहमती नजुट्दा केही दिनका लागि स्थगित गरिएको छ ।
डडेल्धुरा-७ मध्ये डडेल्धुराका ५ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। अमरगढी नगरपालिकाको अध्यक्षमा गणेश कठायत, परशुराम नगरपालिकाको अध्यक्षमा ओमप्रकाश जोशी, अजयमेरु गाउँपालिकाको अध्यक्षमा राज पाल, भागेश्वर गाउँपालिकाको अध्यक्षमा दीपक महता र आलिताल गाउँपालिकाको अध्यक्षमा अमर पुन सर्वसम्मत चयन भएको नेकपा एमाले डडेल्धुराका अध्यक्षका प्रकाश साउदले बताए। नवगदुर्गा गाउँपालिकामा बिहीबार(आज)र गन्यापधुरा गाउँपालिकामा अगामी कात्तिक २२ गते अधिवेशन गर्न कार्यसूची तय गरिएको छ।
दार्चुला-दार्चुलाका ६ स्थानीय तहमा पनि पालिका अधिवेशन सम्पन्न भएको छ। महाकाली नगरपालिकाको अध्यक्षमा नरसिंह चैसिर, दुहु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर बम, ब्याँस गाउँपालिकाको अध्यक्षमा मंगलसिंह धामी, नौगाड गाउँपालिकाको अध्यक्ष जनकसिंह ठगुन्ना, मार्मा गाउँपालिकाको अध्यक्षमा धिरेन्द्र विष्ट र अपी हिमाल गाउँपालिकाको अध्यक्षमा टोखरसिंह रोकाया चयन भएका छन्। लेकम गाउँपालिकामा बिहीबार र मालिकार्जुन गाउँपालिकामा शुक्रबार अधिवेशन गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ।
बाजुरा-९ स्थानीय तह रहेको बाजुरामा ८ पालिकाको अधिवेशन सम्पन्न भएको छ। बडिमालिका नगरपालिकाको अध्यक्षमा धर्मराज पाध्याय, बुढीगंगा नगरपालिकाको अध्यक्षमा नरेन्द्र थापा, बुढीनन्दा नगरपालिकाको अध्यक्षमा जंगबीर रोकाया, गौमुल गाउँपालिकाको अध्यक्षमा देवबहादुर रोकाया सर्वसम्मत चयन भएका छन्। यस्तै त्रिवेणी नगरपालिकामा कविराज बुढा अध्यक्षमा चयन भएका छन्। भने, हिमाली गाउँपालिकामा बन्द सत्र जारी रहेको छ।
अछाम- उता १० स्थानीय तह रहेको अछामका ७ वटामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ। मंगलसेन नगरपालिकाको अध्यक्षमा बिर्ख बोगटी, कमलबजार नगरपालिकाको अध्यक्षमा खेमराज जोशी, साँफेबगर नगरपालिकाको अध्यक्षमा ललित कुँवर, बान्नीगढ जयगढ गाउँपालिकाको अध्यक्षमा हर्कबहादुर साउद, ढकारी गाउँपालिकाको अध्यक्षमा अमरबहादुर बुढा, तुर्माखाद गाउँपालिकाको अध्यक्षमा गौमती शाही र मेल्लेख गाउँपालिकाको अध्यक्षमा केशरबहादुर साउद सर्वसम्मत भएको नेकपा एमाले अछामका कार्यालय सचिव लीलाराज केसीले बताए। रामारोशन गाउँपालिकामा बन्दसत्र जारी रहेको छ भने चौरपाटी गाउँपालिकामा बुधबार मात्र अधिवेशन शुरु भएको छ। विनायक नगरपालिकामा तिहारपछि मात्र पालिका अधिवेशन गर्ने तयारी रहेको एमालेले जनाएको छ।
बझाङ- ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशका बझाङका १२ सहित ३५ स्थानीय तहमा अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ। बाढीपहिरोका कारण बझाङमा वडा अधिवेशनमै ढिलाइ भएको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।एमाले बझाङका नेता अफिलाल ओखेडाका अनुसार जिल्लाका १२ मध्ये बुधबारसम्म ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको छ । जसअनुसार बुंगल नगरपालिकामा मोहन बोहरा, साइपाल गाउँपालिकामा सुरेन्द्र बोहरा, छबिसपाथिभेरामा रामप्रसाद भट्ट, सुर्मा गाउँपालिकामा कैलाश बोहरा र केदारस्यु गाउँपालिकामा लोकेश भण्डारी, र दुर्गाथलीमा हेमराज विष्टको अध्यक्षतामा पालिका कमिटीहरु चयन भएका छन् । अध्यक्ष विष्टका अनुसार तल्कोट, जयपृथ्वी नगरपालिकामा, मष्टा, र बित्थडचीर गाउँपालिकामा अधिवेशन चलिरहेको छ । साइपाल गाउँपालिकामा अधिवेशन भएको छैन । एमालेले चुनाव प्रक्रिया मार्फत नभएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने रणनीति अवलम्बन गर्दा केही ढिलाइ भइरहेको जनाएको छ ।


