धनगढी। कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ। धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीले जनाएको छ।
कैलाली जिल्लाका १३ वटा मध्ये अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ। लम्की चुहा र घोडाघोडी नगरपालिका तथा मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको एमाले कैलालीले जनाएको छ। गोदावरी र टीकापुर नगरपालिकामा २२ गते, भजनीमा २३ गते मात्रै बन्दसत्र गरेर नेतृत्व चयन गरिने छ।
एमालेले मंगलवारसम्म चयन गरेका सातमध्ये दुई स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन्। गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएको रानाले जानकारी दिए । धनगढीमा रामचन्द्र जोशीको अध्यक्षतामामा ८५ सदस्यीय कमिटी गठन भएको छ।
जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जोशीपुर गाउँपालिकामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। चुरे गाउँपालिकामा चक्र बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ। बर्दगोरियामा मधुकर सिजापतिको अध्यक्षतामा ६० सदस्यीय कमिटी गठन भएको छ।


