धनगढी। कैलालीमा बेबारिसे अवस्थामा १ जना महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार कैलालीको मोहन्याल गाउँपालिका ७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेला परेको हो।
कर्णाली नदि किनारमा महिलाको शव रहेको छ भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी टोली खटीई शव पानीबाट निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको जनाएको छ।
हालसम्म शवको पहिचान खुल्न सकेको छैन् । मृतक महिलाको कानमा सुनको जस्तो देखिने बेरुवा रिङ्ग र बायाँ हातको कान्छी औलामा धातुको जस्तो देखिने कालो औठी रहेको प्रहरीले जनाएको छ।


