धनगढी। कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाँड आज सुदूरपश्चिम आउने भएका छन्। गत असोजमा भएको बेमौसमी बर्षाका कारण प्रभावित भएको क्षेत्रहरुको स्थलगन निरक्षका लागि कार्यवाहक प्रधानमन्त्री खाँड आज सुदूरपश्चिम प्रदेशमा आउने भएका हुन् ।
प्रभावित भएका क्षेत्रहरुको निरीक्षण गर्न उनी यस प्रदेशमा आउन लागेको स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए । स्वकीय सचिव नरेन्द्र केसीका अनुसार आज बिहान १० बजे डडेल्धुरा र दिउँसो १२ बजे बैतडीको ढुंगाडमा कार्यक्रम राखिएको छ ।त्यसपछि उनले बझाङ, डोटी लगायत जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।