धनगढी। कैलालीको धनगढीमा कार्तिक १६ गते एसटिएस सिनेमाको प्राङ्गणमा हुने कन्स्र्टको तयारी तिब पारिएको छ । तिहारलाई लक्षित गरी दर्शकलाई मनोरञ्जन दिन र सुदुरपश्चिमको संस्कृती झल्काउन धनगढीमा चर्चित गायक चक्र बम र कमल खत्री आउने भएका हुन।
तिहारलाई लक्षित गरी यूपी इन्टरटेनमेण्टको आयोजनामा धनगढीमा हुन लागेको कन्स्र्टमा भाग लिन गायक धनगढीमा आउन लागेका हुन । कार्तिक १६ गते एसटिएस सिनेमाको प्राङ्गणमा सो कन्स्र्ट आयोजना गर्न लागेको इभेण्ट म्यानेजर सन्तोष ओझाले जानकारी दिए। उनले भने ‘तिहारमा यस नगरका मानिसलाई मनोरञ्जन दिने उद्देश्यले सो कन्स्र्ट आयोजना गर्न लागेका हौं’।
अहिले हामीले कन्स्र्टलाई सफल बनाउन टिकट विक्री तथा प्रचार–प्रसारलाई तिव्रता दिएका छौ, उनले भने।’कन्स्र्ट आयोजना गर्न झण्डै तीन लाख बढी रकम खर्च हुनेछ। एसटिएस सिनेमाको प्राङ्गणमा हुने कन्स्र्टमा तिन सय बढी दर्शकको सहभागिता रहने र मंगलबार साँझ ५ बजेदेखी राती ११ बजेसम्म कन्स्र्ट सञ्चालन हुने आयोजक कमिटिले जानकारी दिएको छ ।


