काठमाडौं। सिंहदरबारभित्र गोली चलेको छ । यो बुधबार दिउँसोको घटना हो । घटनामा कसैलाई पनि गोली लागेको छैन ।
प्रहरीले दिएको प्रराम्भिक सूचना अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट बुधबार दिउँसो गोली चलेको हो । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो।यसबारे सम्बन्धित निकायले सोधपुछ र छानबिन सुरु गरेको छ । मिस ह्यान्डलिङ भएकाले गोली चलेको हुनसक्ने अनुमान गरिएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।