काठमाडौं। निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र हथौडा खप्टिएको चिन्ह अंकित झण्डा प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ । जीवन राईलाई समाजवादीले केन्द्रीय सदस्य र सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी दिएको छ।
बुधबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गर्दै यसअघि वैकल्पिक केन्द्रीय सदस्य रहेका राईलाई पूर्ण केन्द्रीय सदस्य बनाएको छ। त्यस्तै एमाले छाडेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटि सदस्यको जिम्मेवारी दिइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। समाजवादीले यसअघि असोज २७ गते जारी गरेको अन्तरपार्टी निर्देशनप्रति देखिएका असन्तुष्टि सम्बोधन गर्दै पुनः अपानी जारी गरेको हो।