धनगढी। कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय भएको छ । नेपाली काँग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको शनिबार धनगढीमा बसेको बैठकले सो निर्णय गरेको जनाएको छ ।
बैठकले जिल्लामा १४ औंँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय गरेको हो। कैलालीमा अधिवेशन सम्पन्न गर्न जिल्ला सभापति नरनारायण शाह ‘मनु’को अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।
जिल्ला कार्यसमिति सदस्य नृपबहादुर सुनारका अनुसार मूल समितिलाई सहयोग गर्न ११ जना संयोजक रहने गरी विभिन्न समिति निर्माण गरिएको छ । जसमा आर्थिक व्यवस्थापन समिति संयोजकमा शेरबहादुर देउवा, अधिवेशन प्रचार प्रसार समिति संयोजकमा नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजकमा कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति संयोजकमा केशव मिश्र, भोजन व्यवस्थापन समिति संयोजकमा नारायण सत्याल, यातायात व्यवस्थापन समिति संयोजकमा टेकराज जोशी, प्राथमिक उपचार समिति संयोजकमा उत्तम जोशी चयन भएका छन्
। त्यसैगरी मञ्च व्यवस्थापन समिति संयोजक पुरन चौधरी, अतिथि सत्कार समिति संयोजकमा रेखा देवकोटा, सचिवालय व्यवस्थापन समिति संयोजकमा कमला शर्मा र निर्वाचन व्यवस्थापन समिति संयोजकमा नवराज रावललाई तोकिएको छ। उक्त समितिमा सदस्यको चयन संयोजकले गर्नेछ भने मनोनयन भएको पत्र जिल्ला सभापतिले प्रदान गर्नेछन् । बैठकले जिल्ला अधिवेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरिएको छ ।