पतन्जली योग समितिले बिजया दशमी तथा दिपावलीको अवशरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मालिकार्जुन दार्चुला सेवा समितिको योग केन्द्रमा सो कार्यक्रम सम्पन्न भएको हो । पतन्जली योग समितिका केन्द्रिय प्रभारी लवदेब मिश्र, प्रदेश प्रभारी काशिनाथ भट्ट, जिल्ला प्रभारी श्यामराज श्रेष्ठ, नगर प्रभारी धर्मराज कोइराला र मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले सुभकामना मन्तब्य राखेका थिए ।
मालिकार्जुन दार्चुला सेवा समितिको योग केन्द्रमा असोज १५ गतेदेखी बिहान नियमित योग अभ्यास समेत भइरहेको अध्यक्ष पन्तले जानकारी दिए ।