धनगढी। धनगढी उपमहानगरपालीका ३ स्थीत गौसालाको कैलाली प्रहरी सहित ८ जनाको टोलीले निरीक्षण तथा अवलोकन गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट सहित ८ जनाको टोलीद्धारा गौसालाको निरीक्षण तथा अवलोकन गरिएको हो। अबलोकन गर्दै डिएपी बिष्टले आफुबाट हुन सक्ने सहयोग गर्न सदैब तत्पर रहेको र गौसालाको सुरक्षाकोलागि रातीको समयमा पनि प्रहरीहरु परिचालन गर्ने जानकारी दिएका छन् ।
साथै अन्य अवलोकनमा सहभागिले गौसाला बनेर छाडा चौपायाको ब्यवस्थापनमा सहयोग मिलेको र राम्रो भएको जानकारी दिएका थिए । साथै उनीहरुले सबैले मिलेर सहयोग गर्नुपर्ने बताएका छन् । गौसालाको बारेमा सबै जानकारी र अबलोकन गराइएको गौसालाका अभियान कर्ता यस्पाल अबस्थीले जानकारी गराए।


