कञ्चनपुर। कञ्चनपुरमा ६० हजार मूल्यका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ चिनीमिल नजिकबाट भारतबाट अवैध रुपमा भित्र्याइएका सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका ६० हजार मूल्य बराबरका भाडा वर्तन र मन्दिरमा चढाउने घण्टी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेवारिसे अवस्थामा बरामद गरिएका ति अबैध सामान आवश्यक कारबाहीका भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।