धनगढी। कैलालीमा पनि ६६ औँ प्रहरी दिवस २०७८ मनाइएको छ। ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा वृक्षारोपण तथा मास्क वितरण कार्यक्रम गरि मनाएको छ। आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरु ईलाका प्रहरी कार्यालय टिकापुर, सुखड,मालाखेती, लम्की, भजनी,चिसापानी, फल्टुडे , बौनियाले आ-आफ्नो वडा एरियामा विभिन्न व्यक्ती तथा संघ संस्थाहरुको समन्वयमा ६६ औँ प्रहरी दिवस मनाएको हो । ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा १ प्रहरी १ बिरुवा अन्तर्गत बिरुवा वृक्षारोपण गरिएको छ ।
यस्तै,कोभिड १९ को संक्रमणबाट जोगिन अनिवार्य मास्कको प्रयोग गर्न गराउन तपाईको मास्क खै ? कार्यक्रम अन्तर्गत ७ हजार ३ सय १५ मास्क निशुल्क रुपमा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै ६६ औँ प्रहरी दिवसको अवसरमा आज (आइतबार) बिहान जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश युवा परिषदद्धारा ‘तपाईको मास्क खै ? अभियानलाई निरन्तरता दिएर मनाइएको छ। सो अवसरमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी ‘तपाईको मास्क खै ? अभियानमा धनगढीको ट्राफिक चौराहादेखि पार्कमोडसम्म ‘तपाईको माक्स खै ?’, ‘मास्क लगाऔँ, आफु बचौँ अरुलाई पनि बचाऔँ ’ जस्ता सचेतनामूलक प्लेकार्डसहित र्यालीको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेलले थाहा पाउँदा पाउँदै पनि सुरक्षाका मापदण्ड न अपनाइरहेका नागरिकहरुलाई निरन्तर रुपमा झकझकाइरहनु पर्ने तथा सचेतना दिनुपर्ने भएकाले सो अभियान चलाइएको जानकारी दिएका थिए। कोरोनाले शैक्षिक क्षेत्र, आर्थिक तथा चाडबाड तथा अन्य बिभिन्न क्षेत्रमा असर पारिरहेकोले कोरोना नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड नै अपनाउनु पहिलो प्राथमिता भएको बताएका थिए । कोरोनाको जोखीम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन र अनाबश्यक भिडभाड रोक्नुपर्ने बताए ।
कोरोनाले २ बर्ष सम्म कोरोनाको जोखीम भोगीसकीएकाले अब ब्यक्तीले कोरोनालाई आफ्नो पकडमा लिनुपर्ने बताएका थिए । यस्का लागी अनुसासन सहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन उनले सुझाब दिएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले कैलालीमा पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेको बताएका थिए।
उनले कैलाली प्रहरीलाई दुई भागमा विभाजन गरिएको बताउँदै धनगढी उपमहानगरपालिकाभित्र करिब ३ सय जना र उपमहानगरपालिका बाहिर साढे ४ सय जना प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। दशै तिहार छठ पर्व नजिकै आइरहेकाले सुरक्षित तवरमा चाडबाड मनाउन उनले सम्पुर्णमा आग्रह गरे । चाडबाड मनाउदा माक्स अनिवार्य लगाएर र सुरक्षा मापदण्ड अपनाएर चाडबाड मनाउन उनले सम्पुर्णमा आग्रह गरेका छन् ।
प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले कोरोना संक्रमणलाई नियन्त्रण रोक्नका लागी समाजमा रहेका सम्पुर्ण नागरिकको अहम भुमिका रहेको जानकारी दिए। महामारी रोक्नका लागी एउटा माक्स लगाउने र अर्को सामाजिक दुरी कायम गरेर सुरक्षीत रहेमा मात्र कोरोना नियन्त्रण गर्न सकिने उपाध्यक्ष कुँवरको भनाई छ। यस्मा युवाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले प्रदेश युवा परिषद्ले पनी बिभिन्न जनचेतना मुलक कार्यक्रम गरेको र आगामी दिनमा पनी बिभिन्न कार्यक्रम गर्दै जाने उनले जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)पुरुषोत्तम कँडेल, प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी)प्रतीक विष्ट, युवा परिषद् का सदस्य शेर ब। विष्ट, प्रहरी कर्मचारी, ट्राफिक प्रहरी, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।