अछाम। अछाममा आठ दिन देखी बेपत्ता एमाले नेता रावत मृत भेटिएका छन्। असोज ४ गते देखी बेपत्ता रहेका नेकपा एमालेका नेता धन बहादुर रावत मृत भेटिएका हुन्।
नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको रवा लेकमा उनको शव भेटिएको हो। सोही दिन देखी बेपत्ता रहेका रावतको सब सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएको हो।
रावतको खोजीका लागी स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उनको सब भेटिएको बताइएको छ । रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बनेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।