धनगढी। धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको रक्तश्रावपछि ‘अचानक हृदयघात’ भई ज्यान गएको अस्पतालले जनाएको छ ।
डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीय कल्पना सिंह मल्लको बच्चा जन्माउने क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको थियो। मृत्यु भएकी महिलाका आफ्न्तहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको कारण खुलाउनु पर्ने भन्दै आज बिहान अस्पताल घेराउ गरेका थिए । यता नवजीवन अस्पताल प्रा।लीले एक प्रेस विज्ञप्ति जारी गर्दै ती महिलाको रक्तश्रावपछि ‘अचानक हृदयघात’ भई मृत्यु भएको दाबी गरेको छ ।अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकोले भ्याकुम प्रयोग गरी डेलिभरी गराएको र यो क्रममा पाठेघरको मुख फराकिलो बनाउन दिएको एपिसियोटाँमी एक्सटेन्डेड टियरलाई सिलाउनको लागी बिरामीले असहज महसुस गर्दा बेहोस गर्ने डाक्टरलाई बोलाई टाँका लगाउन सुरु गरियो, सिलाउने क्रममा अत्यधिक रक्तस्राव हुन थालेपछि बिरामी रक्त समूह ए नेगेटिभ रगत रोक्नको लागि हर सम्भव प्रयास गर्दा पनि रगत रोकिएन ।”
बिरामीलाई चाहिने रगतको व्यवस्थापन गरेर तत्कालै ओटी मै दुई पोका रगत चढाएर थप उपचारको लागी तत्कालै आइसियुमा सिफ्ट गरी भेन्टिलेटर मा राखेर सघन उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । तथापि विज्ञ टोलीले हर सम्भव प्रयास गर्दा समेत ‘अचानक हृदयघात’ भई बिरामीको दुखद निधन भएको अस्पताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतक महिला नवजीवन अस्पतालमा नियमित रूपमा चेकजाँच गराउँदै आएकी थिइन् ।यस्तो छ विज्ञप्तिः हेर्नुहोस