धनगढी। कैलालीमा टिप्पर दुर्घटनामा परेको छ । मोहना अत्तिरया छलेन सडक खण्ड अन्तरगत गेटा मेडिकल कलेज नजिकै टिप्पर दुर्घटनामा परेको जनाइएको छ।
बिहान सवा ८ बजे माटो बोकेर मनहरा पुलबाट धनगढीतर्फ आउँदै गरेको से १ ख १९९८ नम्बरको टिप्पर छ लेन सडक अन्तर्गतको गेटा मेडिकल अगाडी पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालक रमेश धनाडीले चलाएको टिप्पर अनियन्त्रियत हुँदा सडकमा पल्टिएको जानकारी दिए ।टिप्पर दुर्घटनावाट कुनै मानविय क्षति भने नभएको कैलाली प्रहरीले जनाएको छ ।