धनगढी। शनिबार सेती प्रयोगशालामा १८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा १७७ जनाको नमूनाको कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै १ सय ५९ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना अस्पतालमा भर्ना भएका छन् । आजै ११ जना संक्रमित निको भएका छन् । उनका अनुसार हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ । यस्तै शनिबार सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन ।
प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार ४४ नमुना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका अनुसार १८७ जनाको पिसिआर गर्दा २१ जनामा संक्रमण देखिएको हो । भने ८५७ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कुनैमा पनि संक्रमण देखिएन । यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत अछामका २८ बर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।