धनगढी। भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ।
चार बर्षिय सौतेली बहिनिलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षिय एक पुरुषलाई ३ अप्रिल २०२१ मा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ। गाउँमा बुवा, आमाको मृत्यु पछि सौतेली बहिनि दाई संग पिथौरागढमा बस्दै आएको बताइएको छ ।
पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा। ज्ञानेन्द्र कुमार शर्माको एकल इजलासले शुक्रबार आरोपिलाई फाँसिको सजाय सुनाएको अमर उजालाले समाचारमा उल्लेख गरेको छ । भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र वि अनुसार उक्त सजाय सुनाईको बताइएको छ ।