धनगढी। सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ७२ जनाको नमूनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचाररत छन्। यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमित निको भई घर फर्किएका छन्। उनका अनुसार हाल अस्पतालमा ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।


