दार्चुला। दार्चुलामा पुजापाठ गर्न गएका धामीको काँप्दाकाँप्दै ढलेर मृत्यु भएको छ । दार्चुलाको मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामीको मृत्यु भएको हो ।
घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा स्थानिय परमले धामीको घरमा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । शवको पोष्टमार्टम रिपोर्ट नआइसकेको र थप अनुसन्धान भएपछि मात्रै मुत्युको कारण खुल्ने उनले बताए ।