कैलाली। कैलालीमा आजदेखि भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न पाईने भएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले बिहिबार एक आदेश जारी गर्दै शैक्षिक संस्थाहरु सकेसम्म भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यमबाट पठनपाठन गराउने तर, भौतिक उपस्थिति गराई पठनपाठन गराउने पर्ने भएमा स्मार्ट लकडाउन सम्बन्धी मापदण्ड अनुसार सञ्चालन गर्न भनिएको छ ।
साथै विद्यालय भौतिक उपस्थितिमा संचालन गर्दा मापदण्ड पालना भए नभएको बारे सम्बन्धित स्थानीय तहले कडाईका साथ अनुगमन गर्ने र आदेशको पालना नभएको पाईए स्थानिय प्रशासनको सहयोगमा त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने आदेशमा भनिएको छ । उक्त आदेश आज १८ गते देखि असोज १ गते सम्म जारी गरिएको जनाइएको छ ।


