धनगढी।कैलालीमा खुकुलो बनाइएको निषेधाज्ञा अर्को आदेश नआएसम्म लम्ब्याइएको छ । स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश नआएसम्म निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ एंव स्थानिय प्रसाशन ऐन २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभएसम्मका लागी जिल्लाभर निषेधाज्ञा लागुहुने गरी निरन्तरता दिइएको आदेशमा उल्लेख रहेको छ । यस अघि जारी गरेको निषेधाज्ञा आज राती १२ बजे सकिदै छ । हेर्नुहोस जारी आदेश

