कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलि ल्याइएका अवैध सामान बरामद गरिएका छन्।
जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगपालीका ४ गल्लि नम्बर १ शिद्धार्थ बैंकको पछाडी पट्टि फ्रि लाईन बजार स्थीत भारतबाट अबैध रुपमा भन्सार छली ल्याईएका अवैध सामान बरामद गरेको हो।
१ लाख ७६ हजार ८ सय ५० मुल्य बराबरका साडी, बिडी र पालंक बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाएको प्रहरीले बताएको छ।