योगेन्द्र नायकः तत्कालिन समयमा नगर बिकास समितिले खोला नाला समेत बिक्रि गरेको नतिजा करिब ३ दशकपछि धनगढीमा देखिन थालेको छ । तत्कालिन समयमा धनगढी नगर बिकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेपछि सो नालाहरुमा अहिले पक्की घर छन् ।
नाला सबै बन्द भएपछि धनगढी सानो झरीमा जलमग्न हुने गरेको छ । यस बर्षपनि २ दिनकै झरीमा धनगढी पुरै जलमग्न भएको छ । धनगढी उपमहानगरपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखि भइरहेको वर्षाले उपमहानगरपालिकाका अधिकासं बस्ती डुबानमा परेका हुन् ।
उपमहानगरपालिकाको वडा नम्बर ३ को विशालनगर, मिलनचोक, मुख्य बजारको पार्कमोड, एलएनचोक लगायतका क्षेत्रमा घर र पसलमा पानी पसेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका अधिकांश घरमा पानी पसेको छ । विशालनगर बर्सेनि डुबानमा पर्दै आएको छ। पछिल्लो समय त एकछिनको वर्षाले नै डुबान हुने गरेको स्थानिय बताउँछन् । पानी निकासका लागि उपमहानगरपालिकाले ध्यान नदिएको स्थानिय बताउँछन् ।
तत्कालिन समयमा नगर बिकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको उनिहरुले बताएका छन् । २०४९ सालमा नगर बिकास समितिले कोठामा बसेर नालाका समेत पुर्जा बनाएर वितरण गरिदियो अनी डुवान नभएर के होस धनगढी ३ का मान बहादूर चन्दले भने ‘अहिलेका मेयर नृप बहादूर वडको समेत संलग्नतामा सार्वजनिक जग्गा बिक्रि भयो अनी अहिले पुरै डुवान छ, अहिलेपनि नेताहरुले दीर्घकालिन योजना बनाएर निकास दिए त हुन्थ्यो तर भाषण बाहेक केही मिल्दैनन् ।’
सबै नाला नभएपनि केही नाला नखोल्दासम्म डुवान बढ्ने तर नघट्ने चन्दको भनाई छ । धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्म जलमग्न हुँदा आवतजावतमा पनि सास्ती भएको छ भने शाखा सडक हिलाम्य भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढीका दर्जनौ घरमा पानी पसेको छ। सार्वजनिक जग्गा जथाभावी बिक्री गरिदा धनगढी उपमहानगरपालिकामा डुबानको समस्या बढ्दै गएको छ । उपमहानगरपालिकामा नगर विकास समितिले खोलानाला, कुलो र ताल क्षेत्रको जग्गासमेत बिक्री गरेको छ भने सोही जग्गामा संरचना निर्माण गर्न उपमहानगरपालिकाले नक्स पास गरिदिएको छ । धनगढी उप महानगरपालिका ३ बाट बग्ने पानीलाई निकास बिना २ नम्बरमा छोडिएपछि २ नम्बरका घर झन डुवानमा परेका छन् ।
धनगढी २ का देव पाण्डेयले भने ‘धनगढी ३ को पानी समेत २ नम्बरमा छोडियो सबै क्षेत्रको निकास गर्नुपर्ने ठाउँमा उल्टै हाम्रै तिर पानी पठायो नेताहरु समेत लागेर प्रहरी लाएर २ नम्बरमा पानी पठाएर हेर्नुहोस अवस्था बेजोक छ ।’ डुवान पर्दा केही दिनमै समस्या समाधान हुन्छ भनेर मेयर साप भन्नु हुन्छ तर पछि खै कहाँ जान्छन भन्ने मान्छे पत्तै हुँदैन उनले भने ‘ स्थानिय जनप्रतिनिधीले डुवान समस्या समाधान गर्छु भनेको ५ बर्ष पुग्नै लाग्यो खै कहिले समाधान हुने हो ।’
स्थानिय जनप्रतिनिधिपनि डुवान समस्या हुनुको कारण तत्कालिन समयमा नगर बिकास समितिकै कमजोरी रहेको स्वूकार्छन । हाल तिनै तहका प्रतिनिधीहरुपनि धनगढीको डुवान बारे जानकार भएपनि सुनुवाई कसैले नगरेको उनिहरुका् भनाई छ ।
धनगढीको सबै भन्दा बढी डुवान हुने वडा ३ नम्बर वडा हो धनगढी ३ का अध्यक्ष बल बहादूर ऐरले भने ‘हामीले पनि चुनावमा डुवान समस्या समाधान गर्छौँ भनेका थियौँ तर वडाको बजेटले केही भ्याउन्न नगर कहिले दिने हो थाहा छैन ।’
यहाँको समस्याका बारेमा संघिय सांसद, प्रदेश सांसद, मुख्यमन्त्री, मन्त्री लगायत सबै जानकार छन् उनले भने ‘कति पटक धाइसके सम्बन्धित निकायमा कुनै सुनुवाई हुन्न के गर्नु डुवान परे जनताले गुहार्ने हामीलाइनै हुन् मेयर सापले अब समस्या समाधान गर्ने गरी काम शुरु हुन्छ भन्नुभाको छ समस्या समाधान हुन्छ की हेरौँ ।’ निर्वाचनका बेला धनगढीको डुवान समस्या समाधान गर्ने सबै तहका नेताको आश्वासन हुन्छ । जब निर्वाचित भएर गए त्यसपछि यो मुद्धा कहिले उठ्दैन । अँझैपनि धनगढीको डुवान समस्या समाधानका लागी दीर्घकालिन उपाय नखोजिने हो भने यहाँको बस्तीमा निकै क्षती पुग्न सक्छ ।

