धनगढी। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २९ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । बुधबार अस्पतालको प्रयोगशालामा १ सय १७ जनाको नमूना परीक्षण गरिएकोमा २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा २७ जना संक्रमित उपचाररत रहेका छन्।
सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ८ जना बिरामी भर्ना भएका छन्। भने निको भएर डिस्चार्ज हुनेको संख्या शुन्य छ। जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा उपचार भईरहेको छ।