धनगढी। सदुरपश्चिम प्रदेशको मुख्य शहरी क्षेत्र धनगढीमा बाघले आतङ्क मच्चाउँन थालेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा बाघ देखिन थालेपछि स्थानियमा त्रास बढेको छ। धनगढी ३ का पदम बिष्टले बाघले आतङ्क मच्चाउन थालेको गुनासो गरे। ‘वडा नम्बर ३ मै रहेको डिलाशैनी सामुदायिक वन भएर आउने बाघ बेलाबेला बस्ती पसेको छ। अहिलेसम्म चार बाख्रा र दुई बाच्छा मारिसकेको छ,’ उनले भने। सामुदायिक वनमा उचित तारबारको व्यवस्था नहुँदा रातिको समयमा बाघ बस्तीमा प्रवेश गरिरहेको उनले बताए। नजिकै दुधुवा नेशनल पार्क रहेको र त्यहाँबाटै बाघ डमरुसहित नेपाल पसेको हुनसक्ने स्थानीय बताउँछन्। यो समयमा डमरु हुर्काउन पोथी बाघ धनगढी भन्सार नजिकै मोहना तटिय क्षेत्रमा पुग्ने गरेको छ। यस वर्ष पनि पोथी बाघ र बच्चाका पाइलाका छापा मोहना तटिय क्षेत्रको बालुवामा देखिन थालेको हो।
बोराडांडीमा रहेको डिलाशैनी सामुदायिक बनबाट आएर बाघले रातीको समयमा किसानले पालेका जनावरहरु खान थालेको हो । वनको छेउछाउमा बस्ती भएकाले अधिकांश महिलाहरु कृषि र पशुपालन गर्ने गर्दछन । आर्थिक स्थिती कमजोर भएकाले पनि बाख्रा पालेर घर खर्च जुटाउने उनीहरु बाघले आफ्ना बस्तुभाउ खाईदिदा चिन्तित बनेका हुन । रातीको समयमा सौच गर्न आउनुपर्ने बाध्यता भएकाले बाहिर आउंदा कुन दिन बाघको सिकार भईने चिन्ता रहेको त्यस टोलकी नन्ता धानुकको बताइन् । उनले भनिन्,“बाख्रा पालेर गुजारा गर्ने हामी भएको रोजगारीको पाटोपनि बाघले खाईदिंदा अन्योलमा परेका छौं ।” सामुदायिक वनमा उचित तारबारको व्यवस्था नहुंदा बनबाट बाघ रातीको समयमा मानिसको घरमा आउने हुंदा बस्तुभाउ संकटमा परेका छन् । नोक्सानी धेरै भईसक्दा पनि अहिले सम्म वन समितीले सम्बन्धित निकाय समक्ष पहल नगरेको सोही ठाउंकी कौशिला धानुकको भनाई छ ।
उनले भनिन्, “ बन समितीले सम्बन्धित निकाय सम्म हाम्रा समस्या सामाधानबारे आग्रह गरे राहत मिल्थ्यो ।” बाघले आतंक बनाउनु भन्दा पहिले वनबाट आएर बदेल र बांदरले अन्नबालि खाने गर्दथे । रातीको समयमा खेतीपाती नष्ट गर्दा चिन्तित बनेका उनीहरु अहिले बाघले पालेका वस्तुभाउ खांदा चिन्तित रहेको सोही ठाउंकी रोहिनी बिष्टको भनाई छ । उनले भनिन् “धरै महिना बितिसक्दा पनि कसैले बाघलाई नियन्त्रण गर्न सकेको छैन, वनको किनारमा बस्ती भएकाले जनावर आईरहनाले पिडित भएका छौं ।” त्यस वनमा बाघ, निलगाई, बदेल र चितल रहेका छन । टोलबासीहरुको आग्रह सुनेर वडा कार्यालयबाट बाघ हटाउन खबर गरेपनि निकायले नटेरेको डिलाशैनी उपभोक्ता सामुदायि वन समितीका अध्यक्ष दान बहादुर बिष्टको भनाई छ। बाघ नियन्त्रण नहुंदा सम्म वनभित्र कसैले पनि प्रवेश नगर्न र रातीको समयमा बाहिर ननिस्कन आफ्नो आग्रह रहेको अध्यक्षको बताउंनुहुन्छ । उनले भने “सम्बन्धित निकायलाई खबर गर्दा पनि नहेरेको हुंदा समस्यामा टोलबासी परेका हुन् । ”