धनगढी : ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर ‘रिफ्लेक्टिव बेल्ट’ लगाउने अभियान थालेको छ। कैलाली यातायात प्रालिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान थालएिको हो।
आइतबार कैलालीको गेटामापनि ट्राफिक प्रहरीले टल्कने स्टिकर ‘रिफ्लेक्टिव बेल्ट’ लगाएको थियो । अस्थाई ट्राफिक पोस्ट गेटाका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक राजेन्द्र बहादूर बिष्ट सहितको टोलीले मोहना अत्तरिया ६ लेन सडक खण्डमा रहेका छाडा चौपायामा ‘रिफ्लेक्टिव बेल्ट’ लगाएको हो । छाडा चौपयाका कारण रातिको समयमा सडक दुर्घटना न्युनिकरणका लागि सवारी चालकले सहजै छाडा चौपायालाई देखुन भन्ने उधेश्यले छाडा चौपायाहरुलाई रिफ्लेक्टिब स्टिकर बेल्ट लगाई सचेतनामुलक कार्यक्रम गरिएको अस्थाई ट्राफिक पोस्ट गेटाका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक बिष्टले जानकारी दिए ।