धनगढी। कैलालीका एसपी बिश्व अधिकारी सहित ९ जना प्रहरी पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन । कैलालीको टिकापुर नगरपालिका ३ बर्षिय बालक बिवेक बिष्टको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट उनी सहित ९ जनालाई पुरस्कृत गरिएको हो । घटनाको सफल अनुसन्धान गर्नुका साथै तोकिएको जिम्मेवारी ईमान्दारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको कामको उत्कृष्ट मुल्यांकन गरी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेलले उनलाई नगदसहित पुरस्कृत गरेका हुन।
यस्तै,उक्त घटनामा आफुलाई तोकिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरी अनुसन्धान कार्यलाई सहजता पुर्याएको भन्दै प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटा, प्रहरी निरिक्षक लाल बहादुर ऐर, प्रहरी सहायक निरिक्षक अनिल शाह र कृष्ण मल्ल, हवल्दार गणेश बहादुर सेठ्ठी, प्रहरी जवानहरु जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्टलाई पनि नगदसहित सम्मान गरिएको जनाइएको छ।

कैलालीका एसपी अधिकारी सहित ९ जना प्रहरी पुरस्कृत
कैलालीका एसपी अधिकारी सहित ९ जना प्रहरी पुरस्कृत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

