धनगढी। कैलालीको मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको हो। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ ।
यस्तै महाशाखाका अनुसार आज महाकाली, कर्णाली,नारायणी,तिनाउ, पश्चिम राप्ती र बबई जलाधार नदीका केही सहायक नदीमा पानीको बहाव बढ्ने छ। केही साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपाससम्म पुग्न सक्ने भएकाले तटीय तथा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर आसपास जिल्ला भइ बग्ने स–साना नदीमा बहाव केही बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।