धनगढी। सामाजिक सुरक्षा कोषका विरुद्ध बिभिन्न बैंकवित्तका कर्मचारीहरुले धनगढीमा बिरोध गरेका छन् । बैङ्कर्स क्लब धनगढीद्धारा आयोजना गरिएको उक्त बिरोध सभा कार्यक्रममा बिभिन्न बैंक तथा वित्तका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । सामाजिक सुरक्षा कोषबारे सरकारले अघि सारेको नीतिको देशैभर विरोध प्रर्दशन अन्तरगत बैङ्कर्स क्लब धनगढीले पनी बिरोध गरेको बैङ्कर्स क्लब धनगढीका अध्यक्ष धर्म बिष्टले जानकारी दिए ।
बैंकवित्तका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा असहमित जनाउँदै सरकारले ल्याएको सामाजिक सुरक्षा योजना खारेज गुर्नपर्ने माग उनीहरुको छ। उनीहरुले आइ एल ओ अभिसन्धि १९४९ नं ९८ नागरिकको मौलिक हक, श्रम ऐनको मर्म बिपरीत बैँक, बिमा तथा बित्तिय संस्थाका कर्मचारीहरुको संगठित गर्नका लागि अधिकार, सही बार्गेनिंग गर्न अधिकार गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएकोले बिरोध जनाएका हुन्।यस्तै उनीहरुले खाईपाई आएको सेवा सुविधा घट्ने र तिन दशक लामो संर्घषबाट प्राप्त उपलब्धी गुम्ने भएकाले, नेपाल बित्तीय संस्था कर्मचारी संघ तथा नेपाल बैङ्कर्स संघ लगायतका बिभिन्न संघ संस्थाहरुले बिगत २ बर्ष देखी उठाउँदै आएका बिषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यबिधीमा रहेका अमिल्दा ब्यवस्थाहरु संसोधन नगरी बलजफ्ती गरिएको बैङ्कर्सहरुको भनाई छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वच्छिक नभई बाध्यकारी भएकाले, न्युनतम ज्याला, पारिश्रमिकहरुबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको भन्दै बैङ्कर्स क्लबमा आबद्ध बैङक तथा बित्तिय कर्मचारीहरुले बिरोध गरिएको जनाइएको छ ।
सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्तभित्र कोषको योजनामा आवद्ध हुन पत्राचार गरेको छ । तर, यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गर्दै आएका छन् । आकर्षक सुविधाबाट सरकारले बञ्चित गराएर सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न खोजेको उनीहरुको आरोप छ ।