बझाङ। मिठाई र पापडी चोरी गरी फरार भएका २ जना बझाङबाट पक्राउ परेका छन् । यही मिति २०७८असार १९ गते कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० भुजेला स्थित दर्शन बेकरीज एण्ड सप्लायर्सबाट १५ पेटी सोना पापडी र १५ पेटी पेडा मिठाई चोरी गरी फरार भएकालाई बझाङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङ बित्थडचिर गाउँपालीका बस्ने २० वर्षीय डम्बर खड्का र सोही ठाउँ बस्ने १९ बर्षीय हरीश खड्कालाई जिल्ला प्रहरी कार्यालय बझाङको समुन्वयमा पक्राउ गरिएको हो । उनीहरुलाई बझाङ बित्थडचिर गाउँपालीका २ स्याडीबाट चोरी गरी लगेको सर समान सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । हिजो मंगलबार कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी कानून बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
मिठाई र पापडी चोरी गरी फरार भएका २ जना बझाङबाट पक्राउ
मिठाई र पापडी चोरी गरी फरार भएका २ जना बझाङबाट पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

