धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी पाएका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वराज अधिकारीलाई कार्यालयमा स्वागत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट लगायत कार्यरत प्रहरी कर्मचारीद्धारा प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक विश्वराज अधिकारीको आज कार्यालयमा स्वागत गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले सरुवा भएर आएका प्रहरी उपरीक्षक विश्वराज अधिकारीलाई आजै स्वागत गरिएको र आफ्नो कार्यभार सम्हाली प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिइएको जानकारी गराए। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको असार ८ गतेको पत्रानुसार सरुवा भएर आएका एसपी विश्व अधिकारीले जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी सम्हालेका हुन्।एसपी अधिकारी बुधवार कैलाली पुगेका हुन्। अधिकारी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा परिचित छन्। यस अघिका एसपी अनुपम शमशेर जवरा सरूवा भएर गएपछि अधिकारी कैलाली प्रमुख भएर आएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीद्धारा एसपी अधिकारीको स्वागत, सम्हाले कार्यभार
जिल्ला प्रहरी कार्यालय कैलालीद्धारा एसपी अधिकारीको स्वागत, सम्हाले कार्यभार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

