धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर ३ मा बस्ने युवा नेता तथा ब्यवसायी बिस्णु केसीले बैबाहिक बर्षगाँठको अवशर पारेर धनगढी स्थित दृष्टी फाउण्डेशनमा सहयोग गरेका छन् । बेसाहारालाई साहारा दिइरहेको दृष्टी फाउण्डेशनमा उनले खाद्यान्न, तरकारी लगायतका समान सहयोग गरेका हुन् । असार १३ गते बैबाहिक बर्षगाँठ परेपनि बिबिध कारण धनगढी बाहिर जानुपर्ने परिस्थितीले ३ दिनपछि फाउण्डेशनमा सहयोग गरेका् केसीले बताए । आलु, प्याज, काउली, नुन, तेल, चिनि, लगायतका समान बोकेर केसी आज दृष्टी फाउण्डेशनमा पुगेका हुन् । केसी नेकपा माओवादी केन्द्रको भात्रृ संगठन वाइसिएल नेपालसंग आबद्ध छन् उनि नेकपा हुँदा राष्टिय युवा संघ नेपाल धनगढी उप महानगर कमिटि संयोजक थिए । केसी राजनिति तिर मात्रै नभई ब्यवसायमापनि उत्तिकै सक्रिय छन् । उनि होटेल संगै अन्य बिभिन्न ब्यवसायमा आबद्ध छन् ।
बैबाहिक बर्षगाँठको अवशरमा सहयोग गरेपछि दृष्टी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले केसीलाई धन्यबाद दिउका छन् । यस्तै बैबाहिक बर्षगाँठ र जन्मदिनकै अवशर पारेर सहयोग गर्नुहुनेबाटै दृष्टी फाउण्डेशन चलेको भट्टले बताइन् । अहिले ४३ जना बेसाहाराहरुलाई फाउण्डेशनले साहारा दिइरहेको छ ।