धनगढी । बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीद्धारा कैलालीका ४२ ओटा ब्यवसायीलाई अनुचित ब्यापारीक कृयाकलाप नगर्न निर्देशन दिइएको छ । बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ५३ ओटा पसल ब्यवसायीको अनुगमनका क्रममा ४२ ओटा ब्यवसायीलाई अनुचित ब्यापारीक कृयाकलाप नगर्न र कमीकमजोरी सुधार गर्न निर्देशन दिएको जनाएको हो। बाणिज्य कार्यालय प्रमुख कमल बहादुर पुनमगरका अनुसार बैसाख र जेठ महिनामा २० वटा खाद्यान्न तथा होलसेल पसल, १० वटा मेडीकल तथा सर्जिकल पसल, ४ वटा तरकारी तथा फलफुल, २ वटा आइसक्रिम उद्योग, ५ वटा अक्सिजन सिलीङडर पसल, १ वटा पानी उद्योग, ९ वटा अस्पताल तथा १ वटा एग्रोभेट पसलको अनुगमन गरिएको थियो।
उपभोक्ताको गुनासो र स्वयम बजार अनुगमनटोलीद्धारा धनगढी र अत्तरियाका ब्यवसायीले मुल्य बृद्र्धि गर्ने, बिलबिजक जारी नगर्ने, मुल्य सुचि नराख्ने, कृतिम अभाब सिर्जना गर्ने, उपभोग्य मिती सकिएका बस्तुबिक्री गर्ने गरेको पाइएकोले पसल तथा ब्यवसायीलाई अनुचित ब्यापारीक कृयाकलाप नगर्न र कमीकमजोरी सुधार गर्न निर्देशन दिएको उनले जानकारी दिए। उक्त अवधीमा १८ हजार ६ सय ७२ मुल्य बराबरका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको र कार्वाहीमा परेका ब्यवसायबाट १ लाख ५ हजार जरीवाना गरिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगरले जानकारी दिएका छन् ।
यस्तै, कुनैपनी उपभोक्ताले उपभोग गर्ने बस्तु वा सेवाको बारेमा यकिन बुझेर मात्र बस्तु खरिद गर्न बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले आग्रह गरेको छ । साथै, उपभोक्ताले उपभोग्य बस्तुमा ठगिएमा, कुनैपनी ब्यवसायीले अखाद्य बस्तु बेचबिखन गरेको शंका लागेमा र अनुचित ब्यापारीक कृयाकलाप गरेको पाइएमा बिल सहित तत्काल कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । बजार अनुगमन भने नियमित भैरहेको जनाइएको छ ।