धनगढी । धनगढीको सिपि अस्पताल प्रा.लीमा स्थायी रुपमा मृर्गौला तथा मुत्ररोग सम्बन्धि (युरोलोजी) बिभाग बिस्तारत गरिएको छ । विगत लामो समयदेखि सुदुरपश्चिमको स्वास्थ्य सेवा प्रति समर्पित धनगढी ४ चटकपुरमा रहेको सि पि अस्पताल प्रा.लि.ले आफ्नो सेवाहरु विस्तार गर्ने क्रममा पुर्णकालिन रुपमा मृगौला तथा मुत्ररोग -(Urology) सम्बन्धि विभाग विस्तार गरिएको हो । सिपि अस्पतालले बिभिन्न सेवाहरु विस्तार गर्ने क्रममा पुर्णकालिन रुपमा मृगौला तथा मुत्ररोग सम्बन्धि विभाग विस्तार गर्दै वरिष्ठ मुत्र तथा मृगौला रोग विशेषज्ञ चिकित्सक आएसँगै सो उपचार सेवा सुचारु गरिएको अस्पतालका प्रशासनिक निर्देशक विकास मौनिले जानकारी दिएका छन् ।
अस्पतालका प्रशासनिक निर्देशक मौनीले भने,सो सेवाको विस्तार भएसंगै मृगौला तथा मुत्ररोग सम्बन्धित समस्याबाट ग्रसित विरामीहरुले अब उपरान्त सि पि अस्पतालको एउटै छानामुनि सम्पुर्ण सेवाहरु प्राप्त गर्छन् । उनले भने, वरिष्ठ मुत्र तथा मृगौला रोग विशेषज्ञ डा.सुमित कर्ण आवासिय रुपमा अस्पतालमा आएपछि यो सेवा सम्भव भएको हो । सामान्यतः मृगौलाको पत्थरीमा ठुला तथा मध्यम छिद्र बनाई शल्यक्रिया गर्ने विधिहरु Standard PCNL / Mini PCNL विधि प्रचलनमा छ । तर यसको अतिरिक्त पनि अति सानो छिद्र Super mini PCNL विधिबाट गरिने शल्यक्रियामा विरामीलाई बढि सरलहुने, पिडा कमहुने, रक्तस्राव कमहुने , घाउ छिटो निकोहुने तथा विरामीको अस्पताल बसाई कमहुने गरेको डा.कर्ण बताएका छन् । हाल अस्पतालमा उपयुक्त ३ तिन वटै विधिबाट अप्रेशन भईरहेको अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले जानकारी गराएका छन् । अस्पतालका प्रशासन प्रमुख जोशीले भने यो सेवा सुचारु भएपछि मृगौला,मुत्रनली,मुत्रथैलिको पत्थरी,प्रोस्टेट सम्बन्धि समस्या भएका विरामीहरुले नियमितरुपमा २४ सै घण्टा धनगढीमै सेवा पाईरहेका छन् ।
यसै सिलसिलामा धनगढीमै पहिलोपटक सि पि अस्पतालमा ६ सेन्टिमिटरको Thromobocytopenia with Renal Stone को Mini PCNL विधिबाट Percutaneous Nephrolithotomy को शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको पनी डा. कर्णले जानकारी दिए । मृगौला तथा मुत्ररोग समबन्धि विभाग विस्तारका साथै सि पि अस्पताल प्रा.लि.ले स्त्री तथा प्रसुतिरोग विभाग पनि विस्तार गरेको छ । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.निर्मला शर्मा पाण्डेय द्धारा ओ.पि.डि.चेकजांच तथा शल्यक्रिया सेवाहरु निरन्तर प्रदान हुंदै आईरहेको छ । यि २ दुई सेवाहरु विस्तार भएसंगै अब अस्पतालमा कुल ७ वटा विभाग संचालनमा रहने छन् । जसमध्ये १.जनरल सर्जरी २.युरो सर्जरी ३. जनरल मेडिसिन ४.अर्थाेपेडिक ५.गाईने ६.रेडियोलोजि ७.फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा छन । आगामी दिनहरुमा पनि अस्पतालले थप अत्याधुनिक सुविधासहित क्रमशः नयां विभागहरु विस्तार गर्ने योजनामा रहेको सि पि अस्पताल प्रा.लि.का अध्यक्ष तथा वरिष्ठ ल्यापारोईन्डोस्कोपिक सर्जन डा. चन्द्रप्रकाश पाण्डेयले जानकारी गराएका छन् । अस्पतालले नयमित रुपमा २४ सै घण्टा उपचार सेवा प्रदान गर्दा सुदुरपश्चिमका लाखौँ बिरामीले सहज,सर्बसुलभ र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ ।