धनगढी: कर्तव्य ज्यान मुद्दामा कैलाली अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१ का ४५ वर्षीय प्रेम बहादुर बम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी २०६७ कात्तिक २८ गते कर्तव्य ज्यान गरी फरार रहेका थिए। फरार प्रतिवादीको खोजी गर्ने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर निवासी ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।


