धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम(महिला) क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। केहीबेरअघि सम्पन्न मतगणनामा उनी सुदूरपश्चिम प्रदेश, महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
मतगणना स्थलमा रहेका स्रोतका अनुसार चलाउनेले तीन हजार ७५५ मत पाएकी छन्। उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर पनि हुन्। चलाउनेकी निकटतम् प्रतिस्पर्धी कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले एक हजार ६४२ मत प्राप्त गरेकी छन्। उनी कैलालीको लम्की–चुहा नगरपालिकाकी मेयर हुन्।
सुदूरपश्चिम प्रदेश, महिलातर्फ चार जनाको उम्मेदवारी परेको थियो। तेस्रो भएकी खिना भण्डारीले ७७५ र चौथो भएकी टीकेश्वरीकुमारी हमालले ४९० मत पाएकी छन्।


