धनगढी । विद्यालयस्तरबाटै फुटबल खेलको विकास र प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले कैलालीमा ‘फुटबल फर स्कुल स् रोड टु वर्ल्ड कप’ कार्यक्रमअन्तर्गत जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कैलाली जिल्ला फुटबल संघ र चैतन्य पाठशालाबीच १४ वर्षमुनिका छात्रछात्राको जिल्लास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
प्रतियोगिता आगामी मंसिर २५ गतेदेखि पुस ४ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा छात्र र छात्राका छुट्टाछुट्टै १६१६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
बालबालिकामा फुटबल खेलप्रतिको रुचि अभिवृद्धि गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा विद्यालयस्तरबाटै फुटबलको विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा प्रत्येक टोलीमा २० जना खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोसहित २३ जना रहने व्यवस्था गरिएको छ। प्रतियोगितामा ३२ टोलीका खेलाडी तथा अफिसियलसहित ठूलो संख्यामा प्रत्यक्ष सहभागिता रहनेछ। साथै, अन्य प्राविधिक तथा व्यवस्थापन पक्षका व्यक्तिसमेत सहभागी हुनेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
‘फुटबल फर स्कुल स् रोड टु वर्ल्ड कप’ अवधारणाले विद्यालयस्तरमा फुटबलको पहुँच विस्तार गर्न, बालबालिकाको खेल प्रतिभा उजागर गर्न तथा भविष्यका सक्षम खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कैलाली जिल्ला फुटबल संघ र चैतन्य पाठशालाबीचको सहकार्यले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास तथा छात्रछात्राको खेल सहभागिता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
मंगलबार भएको सम्झौतापत्रमा चैतन्य पाठशालाका तर्फबाट प्राचार्य प्रेमनिधि ओझा र कैलाली जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन्।
कैलालीमा ‘फुटबल फर स्कुल – रोड टु वर्ल्ड कप’ प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार
कैलालीमा ‘फुटबल फर स्कुल – रोड टु वर्ल्ड कप’ प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

