धनगढीः धनगढीबाट भन्सार छलीको अटोका पार्टपुर्जा र किराना सामान बरामद गरिएको छ।
धनगढी–९ बंग्राकटानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ३८ हजार ९५० बराबरको अटोका पार्टपुर्जा, किराना लगायतका सामान सोमबार प्रहरीले बरामद गरेको हो। उक्त सामान अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


