धनगढी । धनगढी उपमहानगरपालिका–४ स्थित धनगढी बसपार्कको मर्मत कार्यका लागि जे।डी।एन। इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रा।लि।, बुंगल, बझाङसँग सम्झौता भएको छ।
धनगढी बसपार्क मर्मत कार्य (Maintenance of Dhangadhi Buspark) का लागि ठेक्का नं। 02/SQ/DSMC/2083/084 अन्तर्गत प्राप्त दरभाउपत्रहरूको मूल्याङ्कनबाट उक्त कम्पनीको दरभाउपत्र स्वीकृत भएको हो। सोही आधारमा २०८३ असोज ९ गते सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
सम्झौताअनुसार बसपार्कको मर्मत कार्य २०८३ मंसिर ९ गतेभित्र सम्पन्न गर्ने गरी कार्यादेश जारी गरिएको छ। मर्मत कार्य सम्पन्न भएपछि बसपार्कको भौतिक अवस्था सुधार हुनुका साथै यात्रु तथा सेवाग्राहीलाई थप सहजता हुने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले मर्मत कार्य गुणस्तरीय, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालालाई आवश्यक सहयोग, समन्वय र सहकार्य गरिदिन अनुरोध गरेको छ।


