डोटी: जोरायल गाउँपालिका –०१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु।प।प्र।०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका –०५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरी सहित टोली घटनास्थलमा घाइतेहरूको उद्धार कार्यमा खटिई घाइतेहरूलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाएको छ ।


