धनगढीः कल २४ न्युज प्रालिले ’फुटसल टुर्नामेन्ट २०८३ सिजन–२’ आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा हुने सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।
खेलकुदको प्रवद्र्धन, युवा सशक्तिकरण तथा दुव्र्यसनमुक्त समाज निर्माणको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको गत वर्षमा पहिलो संस्करण सफल भएको थियो। त्यसपछि सुदूरपश्चिमका खेलप्रेमी युवाहरूलाई एउटै मञ्चमा जोड्न र स्वस्थ जीवनशैलीप्रति सचेत गराउन यसवर्ष प्रतियोगितालाई अझ परिस्कृत र भव्य रूपमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। यसपटक पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने पुरुष टिमले पाँच हजार र महिला टिमले तीन हजार दर्ता शुल्क बुझाउनुपर्नेछ। पुरुष विजेता टोलीले ५० हजार ५५ र उपविजेताले ३० हजार ५५ तथा महिला विजेता टोलीले २२ हजार २२२ र उपविजेताले ११ हजार १११ पुरस्कार पाउने छन्।
यस्तै, पुरुषतर्फका उत्कृष्ट विधागत खेलाडीलाई दुइ हजार ५०० र महिलातर्फका उत्कृष्ट विधागत खेलाडीलाई जनही एक हजार प्रदान गरिनेछ।


