डोटी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले डोटीको बडिकेदार गाउँपालिकामा वडा तथा गाउँपालिका अधिवेशन असोज १८ गते गर्ने भएको छ।
देउवा पक्षले अधिवेशनका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ। अधिवेशनमा पार्टीप्रति आस्थावान नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरिएको छ।
तरुण दलका जिल्ला उपाध्यक्ष केशवबहादुर वमका अनुसार अधिवेशनमा गाउँपालिकाअन्तर्गतका वडा तथा गाउँपालिका तहको नेतृत्व चयनसँगै संगठनात्मक विषयमा छलफल हुनेछ।
उनका अनुसार अधिवेशन बिपिनगरस्थित अक्षेता होटलमा हुने छ। वमले नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण क्रियाशील सदस्यलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेका छन्।
अधिवेशनलाई व्यवस्थित र सहभागितामूलक रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै वमले निर्धारित समयमा उपस्थित भई अधिवेशन सफल बनाउन अपिल गरेका छन्।

