धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पाँच जना पक्राउ परेका छन्।
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।
उक्त पदार्थसहित सोही ठाउँ बस्ने २६ वर्षीय संजय नेपालीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका अन्य ४ जनाको नाम सार्वजनिक गरेको छैन ।

