धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनगढी उपमहानगरपालिकाको नगर सभापतिमा गजेन्द्र सिंह निर्वाचित भएका छन्।
नगर सभापति पदका लागि भएको निर्वाचनमा सिंह निर्वाचित भएका हुन्। नयाँ नेतृत्व चयनका लागि बिहीबार धनगढीस्थित नेपाली कांग्रेस कैलालीको जिल्ला पार्टी कार्यालयमा मतदान भएको थियो। सभापति पदमा सिंह र मोहन ओझाबीच प्रतिस्पर्धा भएको थियो।

