धनगढी : प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराको कमान्डमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार दोस्रोपटक देशभरमै उत्कृष्ट स्थान हासिल गरेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली जिल्लातर्फ बझाङ उत्कृष्ट घोषित भएको हो। साउन महिनाको मूल्याङ्कनमा पनि बझाङ नै उत्कृष्ट भएको थियो।
लगातार दुई महिनासम्म उत्कृष्ट स्थान हासिल गरेसँगै बझाङ प्रहरीले कार्यसम्पादनमा आफ्नो प्रभाव देखाएको छ। डीएसपी जोराको नेतृत्वमा रहेको बझाङ प्रहरी साउनपछि भदौमा पनि उत्कृष्ट बनेको हो।
भदौ महिनाको मूल्याङ्कनमा सुदूरपश्चिमका अन्य हिमाली जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय दार्चुला दोस्रो र बाजुरा चौथो स्थानमा परेका छन्।

