धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एनपीएलको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन् ।
लुम्बिनी र सुदूरपश्चिमबीचको खेल ९ कात्तिकमा हुनेछ । एनपीएलको लिग चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि १ मंसिरमा पहिलो क्वालिफायर हुनेछ भने २ मंसिरमा इलिमिनेटर खेल हुनेछ । ३ मंसिरमा दोस्रो क्वालिफायरपछि प्रतियोगिताको उपाधिका लागि ५ मंसिरमा फाइनल खेल हुनेछ ।


