धनगढी: बैतडीको सुर्नया गाउँपालिका घर भएर भक्तपुरको बालकोटमा बस्दै आएका १८ वर्षीय बलबीर महरा एकाएक बेपत्ता भएका छन्। सुर्यविनायक नगरपालिका वडा नम्बर ३ को कार्यालयदेखि महेन्द्र शान्ति स्कुलतर्फ जाने सडकबाट महरा बेपत्ता भएको परिवारले जनाएको छ।
छातीमा नारुतो लेखिएको हरियो रङको हाफ टि-सट र कालो पेन्ट लगाएका उनलाई कसैले देखेमा नजिकको प्रहरी चौकी अथवा परिवारको सम्पर्क नम्बर ९८६५७६०६४४ मा खबर गरिदिन आग्रह गरिएको छ।

