धनगढीः कैलाली र कञ्चनपुरबाट ९ लाखको अवैध भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ८ लाख १५ हजार ७०० बराबरको चिनी, साडी, सुटपिस, थानकपडा, बिस्कुट, किराना लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ९० हजार ५५० बराबरको कटन कपडा, लेहेङ्गा, पेटिकोट कपडा, साडीको बुट्टा, जरी, माला, सिसाको सिक्का लगायतका सामानहरु बुधबार अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

