कञ्चनपुरः मानव बेचबिखन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला अदालत कञ्चनपुरको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०८२ मसिंर २२ गतेको फैसलाले २ वर्ष कैद सजाय भएका अमर बहादुर साउद र सवारी ज्यान मुद्दामा २०६१ पुस २ गतेको फैसलाले १ हजार ५०० जरिवाना तोकिएका राजेन्द्र सिंह धामी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए।

