धनगढी । कैलालीको गोदावरीमा अपाङ्गता भएकी महिलामाथी करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका – ८ का २५ वर्षीय कृष्णराज भट्टराई पक्राउ परेका हुन ।
बुधबार पीडित परिवारले भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै जाहेरी दिएपछि उनलाई इलाका प्रहरी कार्यालय मालाखेती पक्राउ गरेको हो ।
बततबचष्थब जयकउष्तब
िइलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घटनाबारे मौखिक जानकारी पाएलगत्तै भट्टराईलाई पक्राउ गरिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

